राति १० बजेसम्म यस्तो आयो समानुपातिक मतपरिणाम (सबै दलको मत परिणाम सहित)


 


काठमाडौं, मंसिर २७
समानुपातिक निर्वाचन प्रणली अन्र्तगत यतिबेला मतगणना धमाधम जारी छ । आजबाट प्रत्यक्ष तर्फको अन्तिम मत परिणाम आइसकेको छ ।

राति १० बजेसम्म प्रतिनिधि सभा तर्फको ७० लाख ५१ हजार ९६२ समानुपातिक मत गणना भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रत्यक्ष तर्फ करिब बहुमत प्रतिनिधि विजयी भएको एमालेले समानुपातिकतर्फ पनि आफ्नो पहिलो अग्रतालाई कायमै राखेको छ । एमालेले २४ लाख १९ हजार ४६९ मत ल्याएर प्रथम स्थान ओगटिरहेको छ ।

प्रत्यक्षमा तेस्रो स्थानमा खुम्चिएको कांग्रेस समानुपातिकतर्फ भने दोस्रो पोजिसनमा छ । कांग्रेसले २३ लाख ३७ हजार २६७ मत ल्याएको छ । प्रत्यक्ष तर्फ दास्रो स्थानमा रहेको माओवादी केन्द्र भने समानुपातिकतर्फ तेस्रो स्थानमा छ ।

एमाले र कांग्रेसको तुलनामा माओवादी निकै तल छ । अर्थात माओवादीलाई जनताले कम मन पराएको समानुपातिकतर्फको मतले बुझ्न सकिन्छ । उसले ९ लाख ५२ हजार ४१९ मत ल्याएको छ ।

संघीय समाजवादी फोरमले ३ लाख ४० हजार २७० मत प्राप्त गरेको छ । राजपाले २ लाख ७० हजार, विवेकशिल साझा पार्टीले १ लाख ६० हजार, राप्रपाले १ लाख ५९ हजार, नयाँ शक्ति पार्टीले ६५ हजार, राप्रपा प्रजातान्त्रिकले ५८ हजार। रर जनमोर्चाले ३९ हजार ल्याएको छ । अन्य साना दलहरुले २ लाख ५० हजार मत प्राप्त गरेको छन् । समानुपातिकतर्फ १ करोड बढी मत खसेको थियो ।

प्रकाशित मिति: २७ मंसिर २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्