भोजपुरमा प्रहरीका हाकिमबाट म्यादी प्रहरीलाई यौन दुव्र्यवहार


 


भोजपुर, मंसिर २७
सुन्दा अचम्म लाग्छ, पुरुषले पुरुषलाई यौन दुव्र्यवहार गर्याे भनेर । अझ अचम्म के लाग्छ भने प्रहरीले नै चुनाव गराउन केही महिना जागीर पाएका म्यादी प्रहरीलाई नै यौन दुव्र्यवहार गरे भनेर ।

हो, भोजपुरको रामप्रसाद राई गाउँपालिकास्थित मानेभन्ज्याङ्गमा पुरुष प्रहरीबाट म्यादी प्रहरी यौन दुव्र्यवहार परेका छन् ।

ड्युटीमा रहेको समयमा मानेभज्याङ्ग प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक ४७ वर्षीय रामबाबु यादवले म्यादी प्रहरीमाथि यौन दुव्र्यवहार गरेकोे खुलासा भएको छ ।

ड्युटीमा रहेका पुरुष म्यादी प्रहरीलाई गत मंसिर २१ गते राती बाथरुममा बम राखेको हुन्छ भन्दै तर्साएर यौन दुव्र्यवहार गरेको पीडितले बताएका छन् । प्रनानि यादवले ती म्यादी प्रहरीलाई बाथरुममा लगेर यौन दुव्र्यवहार गरेको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय भोजपुरले यादवलाई जिल्लामा झिकाइएको जनाएको छ । उनीमाथि आवश्यक कारवाहीका लागि प्रक्रिया बढाइएको डिएसपी दिपेन्द्र पन्जियार थारुले बताए ।

प्रकाशित मिति: २७ मंसिर २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्