खोटाङका बिशाललाई पूर्वी पहाडमा ‘पपुलर’ मत


 


हरिवोल आचार्य
खोटाङ, मंसिर २७
खोटाङबाट प्रतिनिधिसभा सदस्यमा बिजयी वाम गठबन्धन (एमाले) का बिशाल भट्टराईले पूर्वी पहाडी जिल्लामै ‘पपुलर’ मत पाएका छन् ।

ओखलढुंगा, सोलुखुम्बु, भोजपुर, धनकुटा, संखुवासभा, तेर्हथुम, ताप्लेजुङ, पाँचथरमा वाम गठबन्धनकातर्फबाट बिजयी उम्मेद्वारले पाएको मतान्तरमध्ये भट्टराईले पाएको मतान्तर सबैभन्दा बढि छ ।

भट्टराई निकटतम प्रतिद्धन्द्धीले भन्दा १४ हजार ३७२ मत बढि पाएर प्रतिनिधिसभा सदस्यमा बिजयी भएका हुन् । कांग्रेसकी सरस्वती बजिमयले २३ हजार ४६५ मत ल्याउँदा भट्टराईले ३७ हजार ८३७ मत पाएको मूख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

२०७० सालको संबिधानसभाको निर्वाचनमा बिजयी भट्टराईको यो लगातार दोश्रो ह्याट्रिक हो । पार्टीमा तेश्रो पुस्तामा गनिने भट्टराईलाई पार्टीभित्र सम्भावना बोकेको नेताकारुपमा लिईन्छ ।

पूर्वी पहाडी जिल्लामा सबैभन्दा बढि मतान्तरमा विजयी हुने एमाले बरिष्ठ नेता झलनाथ खनाल (इलाम) पछि सवैभन्दा बढि मत पाएर विजयी हुने प्रतिनिधिसभा सदस्यको सूचीमा भट्टराईको नाम दर्ज हुन पुगेको छ ।

एमाले बैकल्पिक केन्द्रिय सदस्य रहेका बिशालले ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले सचिव योगेश भट्टराईले भन्दा बढि मतान्तरमा प्रतिष्पर्धीलाई उछिन्न सफल भएका छन् ।

खनालले प्रतिष्पर्धी कांग्रेसका भूपेन्द्र कट्टेललेभन्दा १७ हजार १६७ मत पाएका छन् । खनालले ३६ हजार ८०५ र कट्टेलले १९ हजार ६३८ मत पाएका छन् ।

यस्तै, योगेश भट्टराईले १२ हजार ५९१ मतान्तरमा कांग्रेसका केशव दाहालाई पछि पारेका छन् । सचिव भट्टराईले २९ हजार ४७९ मत पाउँदा दाहालले १६ हजार ८८८ मत पाएका छन् ।

खोटाङका बिशाल पछि भोजपुरका वाम गठबन्धन (माओबादी केन्द्र)का सुदन किरातीले प्रतिनिधिसभा सदस्यमा सबैभन्दा फराकिलो मतान्तर कायम गर्न सफल भएका छन् ।

किरातीले प्रमुख प्रतिष्पर्धीसँग १२ हजार ६९८ मतान्तर कायम गरेका छन् । उनले ३४ हजार ३९४ मत पाउँदा कांग्रेसका उमेशजङ रायमाझी २१ हजार ६९६ मत पाएको छ ।

निर्वाचन आयोगका अनुसार पाँचथरमा वाम गठबन्धनका बशन्त नेम्बाङ कांग्रेसका भिष्मराज आङदेम्बेभन्दा १० हजार ६१६ मत अन्तरले बिजयी भएका छन् ।

नेम्बाङले ३८ हजार ६४१ र आङदम्बे २८ हजार २५ मत पाएका छन् । धनकुटामा वाम गठबन्धनका राजेन्द्रकुमार राईले राप्रपाका सुनिल थापाभन्दा १० हजार ४५९ मत पाए । राईले ३७ हजार ३३३ मत पाउँदा थापाले २६ हजार ८७४ मत पाएका छन् ।

यस्तै, ओखलढुंगामामा कांग्रेसका रामहरि खतिवडाभन्दा ५ हजार २५३ मत बढि पाएर एमालेका यज्ञराज सुनुवार प्रतिनिधिसभा सदस्यमा विजयी भए ।

सुनुवारको ३२ हजार ५८० मत हुँदा खतिवडाको २७ हजार ३२७ छ । सोलुखुम्बूमा २० हजार ७४७ मत पाएका वाम गठबन्धनका हेमकुमार राई कांग्रेसका बलबहादुर केसीभन्दा ३ हजार ४५३ मतले अघि भए ।

तेर्हथुममा वाम गठबन्धनकातर्फबाट प्रतिनिधिसभा सदस्यमा विजयी भवानी खापुङको २१ हजार ३३५ र कांग्रेसकी सिता गुरुङको मत १९ हजार ३१४ छ ।

संखुवासभामा प्रतिनिधिसभा सदस्यमा बिजयी वाम गठबन्धनका राजेन्द्रप्रसाद गौतम र कांग्रेसका दिपक खड्काको मतान्तर १ हजार १३० रहेको छ ।

प्रकाशित मिति: २७ मंसिर २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्