छैटौँ पटक सुनसरी–३ बाट गच्छदार विजयी


 


इनरुवा, मंसिर २७
छैटौँ पटक सुनसरी क्षेत्र नं ३ मा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभाका उमेदवार विजयकुमार गच्छदार विजयी हुनुभएको छ ।

आज मध्याह्न सार्वजनिक मत परिणामअनुसार ३२१ मत अन्तरले निकटतम प्रतिद्वन्द्वी भगवती चौधरीलाई पराजित गर्दै उहाँ विजयी हुनुभएको हो । शुरुदेखि विपक्षी उम्मेदवारको अग्रताका बाबजुद पनि नेता गच्छदार अन्ततः झिनो मतअन्तरले विजयी हुनुभयो ।

सुनसरीबाट निरन्तर आफ्नो जीत यात्रालाई कायम राखनुभएका उहाँले प्रनिनिधिसभातर्फको यस निर्वाचनमा ३८ हजार ९७२ मत ल्याउनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी चौधरीले ३८ हजार ६५१ मत पाउनुभएको थियो ।

विसं २०४८देखि सुनसरीबाट चुनाव लड्दै आउनुभएका गच्छदार नेपालको राजनीतिमा सबैभन्दा शक्तीशाली थारू समुदायको नेताका रुपमा चिनिनुहुन्छ ।

तीनपटक काँग्रेसबाटै जित्नुभएका उहाँ दुई पटक फोरमबाट र यसपालिको चुनावमा फेरि काँग्रेसबाटै जीत हासिल गर्नुभएको हो ।

गच्छदारले अघिल्लो निर्वाचनमा पनि झीनो मतान्तरले चौधरीलाई पछाडि पार्दै आफ्नो अविजित यात्रालाई कायम गर्न सफल हुनुभएको थियो ।

जिल्लाको विकासमा महत्वपूर्ण योगदान पु¥याउनुभएका गच्छदार जनताले पत्याउने नेताका रुपमा परिचित हुनुहुन्छ ।

प्रकाशित मिति: २७ मंसिर २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्