मुटु नै ढुकढुक हुने यस्तो आयो सुनसरी-३ बाट मतरिणाम, अब कति छ गन्न बाँकी ?


 


काठमाडौं, मंसिर २७
अत्यतै रोचक र सबैको चासोको क्षेत्र बनेको प्रतिनिधि सभा सुनसरी-३ को पछिल्लो मतपरिणाम आएको छ ।

पछिल्लो मतपरिणाम अनुसार एमाले उम्मेदवार भगवती चौधरीको पछि परेकी छन् । शुरुदेखि अग्रता लिएकी भगवतीलाई यतिबेला कांग्रेस उम्मेदवार विजय गच्छदारले पछाडि पारेका छन् ।

गच्छदारले ३६ हजार ८० मत ल्याएका छन् भने भगवतीले ३५ हजार ५६१ मत ल्याएका छन् । यो मतको अन्तर भनेको ५१९ हो ।

यहाँ नौ वटा दलका उम्मेदवार छन् भने चौधरी र गच्छदारको तिब्र प्रतिस्पर्धा छ । यी दुईको प्रतिस्पर्धा अत्यन्तै रोचक मोडमा पुगेको छ ।

यहाँ ८५ हजार १९७ मत खसेकोमा ७८ हजार ३९१ मत गणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, सुनसरीले जनाएको छ । अब छ हजार ८०६ मत गणना गर्न बाँकी रहेको छ ।

प्रकाशित मिति: २७ मंसिर २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्