सुनसरी-३ को प्रतिस्पर्धा रोचक मोडमा, यस्तो आयो भगवती र गच्छदारको मत परिणाम


 


सुनसरी, मंसिर २६
अत्यतै रोचक र सबैको चासोको क्षेत्र बनेको प्रतिनिधि सभा सुनसरी(३ को पछिल्लो मतपरिणाम आएको छ ।

पछिल्लो मतपरिणाम अनुसार एमाले उम्मेदवार भगवती चौधरीको झिनो अग्रता कायमै छ । चौधरी ४४ मत अगाडि रहेकी छन् ।

उनले ३२ हजार ५७० मत ल्याउँदा विजय गच्छदारले ३२ हजार ५२६ मत ल्याएका छन् । यो मतको अन्तर मात्र ४४ हो ।

यहाँ नौ वटा दलका उम्मेदवार छन् भने चौधरी र गच्छदारको तिब्र प्रतिस्पर्धा छ । यी दुईको प्रतिस्पर्धा अत्यन्तै रोचक मोडमा पुगेको छ ।

कुल खसेको ८५ हजार १ सय ३७ मत मध्ये अहिले सम्म ७१ हजार ३ सय २० मत गणना भएको छ । अब १३ हजार ८ सय १७ मत गन्न बाँकी रहेको छ ।

यतिवेला २२ लट अन्र्तगत इटहरी ११ क , दुहवी २ क , गढी ४ घ , दुहवी ११ घ र बर्जु ५ ख को गणना थालिएको छ । २२ लटमा ३५ सय १७ मत खसेको छ । दुहवी २ गच्छदारको पकट रहेको वडा मानिन्छ ।

स्थानीय तह निर्वाचन परिणामलाई हेर्दा अहिले मतगणना सुरु भएको दुहवी २ र इटहरीको ११ वडा नेपाली कांग्रेसले जितेका थियो । गढी ४ र दुहवी ११ मा फोरम लोकतान्त्रिकले जितेको थियो । बर्जु ६ मा भने एमालेले बाजी मारेको थियो ।

इटहरी, दुहवी, गढी र बर्जुका वडाका केही मतदान केन्द्रका मत पेटिकाभित्रको मत गन्न अझै बाँकी नै रहेको छ ।

प्रकाशित मिति: २६ मंसिर २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्