आज पनि घट्यो सुनको भाउ, कति छ मूल्य ?


 


काठमाडौं, मंसिर २६
साताको तेस्रो दिन आज (मंगलबार) पनि सुनचाँदीको भाउ घटेको छ । आज सुन प्रतितोला दुई सय रुपैयाँले घटेर ५४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुनको मूल्य ५४ हजार तीन सय रुपैयाँ थियो । आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी ७ सय १५ रुपैयाँ प्रतितोला कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २६ मंसिर २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्