समानुपातिकतर्फ पनि भोजपुरमा एमाले लोकप्रिय, कुन दलले कति मत ल्याए ?


 


भोजपुर, मंसिर २५
समानुपातिक निर्वाचन प्रणाली अन्र्तगतको मतगणना भोजपुरमा सम्पन्न भएको हो । प्रत्यक्ष तर्फको मतगणना सकिएपछि शुरु भएको समानुपातिकतर्फको मतगणना आज बेलुका सकिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको विवरण अनुसार भोजपुरमा एमालेले सबैभन्दा धेरै मत प्राप्त गरेको छ ।

प्रतिनिधिसभा तर्फ एमालेले २५ हजार ९९ मत प्राप्त गरेका छ । प्रतिनिधि सभामा ६५ हजार ९०८ मत खसेको थियो । सदर मत भने ५६ हजार ८९३ रहेको थियो । त्यस्तै ९ हजार १५ मत बदर भएको थियो ।

नेपाली कांग्रेसले १५ हजार ७१० मत प्राप्त गरेको छ भने माओवादी केन्द्रले ११ हजार १५४ मत ल्याएको छ । यहाँ कांग्रेस र माओवादीको मत घटेको छ भने एमालेको मत बढेको देखिन्छ ।

स्थानीय तहमा खसेको मत कांग्रेस र माओवादीले जोगाउन सकेका छैनन् भने एमालेले त्यो मत जोगाएको देखिन्छ । प्रतिनिधि सभामा ४९ वटा दलले मत पाएका छन् । संघीय समाजवादी फोरमले २६०४ मत ल्याएको छ ।

त्यस्तै प्रदेश सभा (क) मा पनि एमालेले पहिलो मत प्राप्त गरेको छ । एमालेले १२ हजार १९१ मत प्राप्त गरेको छ ।

कांग्रेसले ७९६० मत ल्याउँदा माओवादीले भने ४ हजार ९३७ मत ल्याएको छ । यहाँ फोरमले २०६३ मत प्राप्त गरेको छ भने २७ वटा दलले मत पाएका छन् । यहाँ ५ हजार ८५१ मत बदर भएको छ ।

प्रदेश सभा (ख) मा एमालेले सबैभन्दा बढी ११ हजार ३३१ मत ल्याएको छ । त्यस्तै माओवादी केन्द्रले ६ हजार ९३ मत ल्याउँदा कांग्रेसले ५ हजार ५४४ मत ल्याएको छ । यो क्षेत्रमा २७ वटा दलले मत पाएका छन् ।

प्रदेश सभाका लागि दुबै क्षेत्रको मत जोड्दा एमाले २३५२२, कांग्रेस १३ हजार ५०४ र माओवादीको ११ हजार ४ मत आएको छ ।

समानुपातिक मत विश्लेषण गर्दा यहाँ चुनावी गठबन्धन नहुँदा पनि एमाले भारी मतले विजयी हुने अवस्था देखाउँछ ।

किनभने कांग्रेस र माओवादीको मत जोड्दा पनि एमालेको मतको हाराहारी मात्र हुन आउँछ । र, भोजपुरका मतदाताले एमालेलाई नै मन पराएको समानुपातिक मतलले देखाउँछ ।

भोजपुरमा आएको समानुपातिक मतले एमालेका उम्मेदवारहरु सांसद हुने सम्भावना बढाएको छ । प्रदेश सभामा भोजपुरबाट पुरुषमा हरिबहादुर राई र महिलामा सिर्जना राईको नाम बन्दसूचिमा छ ।

कुन दलको कति सबै विवरण हेर्नुहोस

प्रतिनिधि सभामा कुन दलको कति ? यहाँ क्लिक गरेर हेर्नुहोस्

प्रदेश सभा (क) मा कुन दलको कति ? यहाँ क्लिक गरेर हेर्नुहोस्

प्रदेश सभा (ख) मा कुन दलको हेर्नुहोस्

प्रकाशित मिति: २५ मंसिर २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्