समानुपातिकतर्फ अहिलेसम्म कुन दलले कति मत ल्याए ? (मत परिणाम सहित)


 


काठमाडौं, मंसिर २५
मंसिर १० र २१ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रत्यक्ष तर्फको घोषणा भइरहेको छ । अब प्रत्यक्ष तर्फको मत परिणाम अन्तिम चरणमा पुगेको छ ।

यतिबेला देशभर समानुपातिकतर्फको पनि मतगणना धमाधम भइरहेको छ ।

निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार अहिलेसम्म समानुपातिकतर्फ पनि नेकपा एमालेले बढी मत पाइरहेको छ भने नेपाली कांग्रेसले एमालेलाई पछ्याइरहेको छ ।

माओवादी केन्द्र भने निकै पछाडि देखिएको छ । रवीन्द्र मिश्रको साझा पार्टी चौथो अवस्थामा देखिएको छ भने राष्ट्रिय जनता पार्टी पाचौ, राप्रपा छैठौ स्थानमा छ ।

कुन दलको कति मत

एमाले ५०५०५३
कांग्रेस ४७८४३९
माओवादी केन्द्र २२६७९८
विवेकशिल साझा पार्टी २६५२२
राजपा २६३९८
राप्रपा २५७३९
संघीय समाजवादी फोरम २०२९५
नयाँ शक्ति पार्टी नेपाल १९३३५
राप्रपा प्रजातान्त्रिक १०६२५
राष्ट्रिय जनमोर्चा ८०१०
अन्य ३२६०५

प्रकाशित मिति: २५ मंसिर २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्