गृह जिल्ला पुगेर ओलीले के भने ?


 


भद्रपुर, मंसिर २५
नेकपा (एमाले) का अध्यक्ष तथा झापा निर्वाचन क्षेत्र नं ५ बाट नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य केपी शर्मा ओलीले अब बन्ने सरकारले विकास र समृद्धिका लागि वैज्ञानिक प्रविधिको उच्चतम प्रयोग गर्ने बताउनुभएको छ ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपा जिल्ला कमिटी झापाद्वारा आज स्थानीय रंगशालामा आयोजित विजय सभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष ओलीले लोकतान्त्रिक अभ्यासमा लोकतन्त्रप्रति सधँै प्रतिबद्ध रहने भन्दै नयाँ सरकारले जनताले खोजेको शान्ति सुरक्षा यथोचित ढंगले गर्ने बताउनुभयो ।

उहाँले निर्वाचनको सेरोफेरोमा म्यादी प्रहरीले बम आक्रमणबाट ज्यान गुमाएकाप्रति उच्च सम्मान गर्दै यो ऐतिहासिक निर्वाचनले जनताको काम गर्ने प्रतिनिधिलाई मात्र पत्याएकाले शासन सञ्चालनमा जनताको सहभागिता रहने विश्वास दिलाउनुभयो ।

कार्यक्रममा झापा निर्वाचन क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुरेन्द्रकुमार कार्कीले मुलुकमा प्रशस्त उद्योग सञ्चालन गरी वैदेशिक रोजगारमा जाने प्रवृत्तिलाई न्यूनीकरण गरिने बताउनुभयो ।

राप्रपा जिल्ला अध्यक्ष अमरबहादुर विष्टको अध्यक्षतामा भएको सो कार्यक्रमा झापा निर्वाचन क्षेत्र नं ३ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार लिङ्देनले आफूले जनताप्रति सधैँ बफादार भएर काम गर्ने बताउनुभयो ।

प्रकाशित मिति: २५ मंसिर २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्