चितवन-३ बाट बिजयी भए प्रचण्ड


 


चितवन, मंसिर २५

निकै चर्चामा रहेको चितवन ३ को भर्खर अन्तिम नतिजा सार्वजनीक भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिद्वन्द्वी राप्रपा (प्रजातान्त्रिक) का बिक्रम पाण्डे लाई पछार्न सफल भएका छन ।

भर्खर सम्पन्न मत गणना परिणाम अनुसार ४८ हजार २ सय ६९ मतका साथ प्रचण्ड विजयी भएका हुन ।

प्रचण्डका प्रतिद्वन्द्वी राप्रपा (प्रजातान्त्रिक) का पाण्डेले ३८ हजार ९ सय ४२ मत पाएका छन । प्रचण्ड र पाण्डेबीचको मतान्तर ९ हजार ३ सय २७ रहेको थियो ।

यो क्षेत्र सुरुदेखि नै चर्चा र चासोको रुपमा हेरिएको थियो । शुरुवाती अग्रता पाण्डेले गरे पनि त्यसपछि लगातार प्रचण्डले अग्रता लिदै आएका थिए । संसदिय राजनीतिमा प्रचण्डको यो लगातार तेस्रो जित हो ।

प्रकाशित मिति: २५ मंसिर २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्