प्रचण्डको क्षेत्रको मतगणना अन्तिम चरणमा, यस्तो छ पछिल्लो मतपरिणाम


 


चितवन, मंसिर २५
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उठेको प्रतिनिधि सभा चितवन ३ मा मतगणना कार्य अन्तिम चरणमा पुगेको छ ।

अहिलेसम्म दाहालको फराकिलो अग्रता कायमै छ । दाहाल १० हजार बढी मतान्तरले अगाडि देखिएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार दाहालले ४१ हजार ५७४ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले ३० हजार ८२९ मत ल्याएका छन् । दाहालको अव जित निश्चित रहेको बताइएको छ ।

प्रकाशित मिति: २५ मंसिर २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्