सुनसरी-४ मा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विजयी


 


सुनसरी, मंसिर २५
प्रतिनिधि सभा सुनसरी क्षेत्र नं ४ मा नेपाली कांग्रेसका नेता एंव अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् ।

कार्कीले ३२ हजार ३४७ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका रमेश श्रेष्ठले २५ हजार ७५० मत प्राप्त गरे । कार्कीले ६ हजार ५९७ मतान्तरले जित हात पार्न सफल भएका हुन् ।

प्रदेश नं १ बाट प्रतिनिधि सभामा नेपाली कांग्रेसको यो दोस्रो जित हो । यसअघि मोरङ २ बाट मिनेन्द्र रिजाल विजयी भएका थिए ।

प्रकाशित मिति: २५ मंसिर २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्