मलेसियामा एक नेपाली युवाको मृत्यु


 


खोटाङ, मंसिर २४
वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका खोटाङका एक युवाको मृत्यु भएको छ । सात वर्षअघि मलेसिया पुगेका खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका राजेन्द्र प्रधानको मृत्यु भएको हो ।

बस्दै आएको कोठानजिक अर्धचेत अवस्थामा फेला परेका प्रधानको उपचारका क्रममा कजाङ अस्पतालमा मृत्यु भएको सँगै काम गर्दै आएका विकास प्रधानले जानकारी दिनुभयो ।

मलेसियाको कजाङमा सेक्युरिटीगार्डका रुपमा कार्यरत प्रधानको शव नेपाल ल्याएर पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी भइरहेको आफन्तले बताएका छन् ।

अस्पतालले उच्च रक्तचापका कारण मृत्यु भएको बताए पनि प्रधानको मृत्युलाई शंकास्पद मानिएको छ । प्रधानको हत्याको प्रयास भएको आफन्तको आशंका छ ।

प्रकाशित मिति: २४ मंसिर २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्