७५३ मतको अन्तरले बामदेब गौतम बर्दिया बाट पराजित, किन पराजित भए गौतम ?


 


बर्दिया,मंसिर २४
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएका छन । गौतमलाई कांग्रेसका सञ्जय गौतमले ७५३ मतको अन्तरले पराजित गरेका हुन ।
सञ्जयले ४४ हजार ८२९ मत प्राप्त गरेका छन् भने गौतमले ४४ हजार ७६ मत प्राप्त गरेका छन । देशैभर वाम गठबन्धनको लहर चलिरहँदा आफू अघिल्लो पटक समेत विजयी बनेको क्षेत्रमा गौतम पराजित बनेका हुन ।

गौतमको पराजयको कारण पटक पटक सरकारमा जाँदा पनि आफ्नो क्षेत्रको विकास गर्न नसकेको र अधिल्लो पटक बर्दिया छाडेर प्युठानबाट उम्मेदवार बन्नुलाई लिइएको छ ।

प्रकाशित मिति: २४ मंसिर २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्