अहिलेसम्मकै सर्बाधिक मत प्राप्त गरी केपी ओली बिजयी


 


झापा,मंसिर २४

नेकपा एमालेका अध्यक्ष एवं झापा क्षेत्र नम्बर ५ बाट बाम गठबन्धनका उम्मेदवार केपी शर्मा ओली आफ्ना प्रतिस्पर्धीलाई दोब्बर भन्दा बढी मतले पछाडि पार्दै विजयी भएका छन ।

निकटतम प्रतिस्पर्धी कांग्रेसका डा. खगेन्द्र अधिकारीलाई २८ हजार ८४२ मतले पछाडि पार्दै विजयी भएका हुन । ओलीले ५७ हजार १३८ मत प्राप्त गरेका छन् भने अधिकारीले २८ हजार २९७ मत प्राप्त गरेका छन ।
ओलीले अहिलेसम्मकै सबैभन्दा बढी मत प्राप्त गरेर विजयी बनेका छन । यसअधि यस निर्वाचनमा दोलखाबाट एमालेकै उम्मेदवार पार्वत गुरुङले ५५९५४ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति: २४ मंसिर २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्