भोजपुर सेवा समाज यु ए इ को एक परिचय
भोजपुर जिल्लाबाट वैदेशिक रोजगारीको सिलसिलामा लागि यु ए इ (दुबई) पुगेका भोजपुरे दाजुभाइ तथा दिदीबहिनीहरुको बीचमा मेलमिलाप, चीनजान, एकता, भइपरी आउने समस्या समाधान तथा जिल्ला भित्र भएको शिक्षा, मानवीय सहयोग, आर्थिक, भौतिक बिकास निर्माण कार्यमा सहयोग गर्ने उदेश्यले २०१३ बैशाख १५ तदनुसार 2013 May 1 ( भोजपुर सेवा समाज यु ए इ ) स्थापना भएको हो ।
स्थापनाकालबाट नै मानवीय सहयोग गर्दै आएको भोजपुर सेवा समाजले आगामी दिनहरुमा अझै जिल्लाभर, जडिबुटी, धार्मिक स्थल, प्रयटन संभावना र पुर्बधार निर्माणकार्य सहयोग साथै युवाहरूलाई गाउँ जिल्लामा नै रोजगार र बसाइँसराइ रोक्न बाह्रय, आन्तरिक पर्यटन आकर्षण र भौतिक पुर्बधार निर्माण कार्यको लागी सहयोग गर्नेछ । विश्वभर छरिएर रहेका भोजपुरेहरुलाई आफ्नो जन्मभुमी प्रती सहकार्य गर्दै अगाडि बढनको लागी हातेमालो गर्दे अगाडी बढ्न नव निर्वाचित अध्यक्ष भक्त तामाङ आह्वान गर्नुहुन्छ ।
भोजपुर जिल्लाको पहिचान नै खुकुरी भएकोले पुरानो लोगोलाई परिमार्जन गरि नयाँ लोगो परिवर्तन गरिएको छ । आजको आवश्यकता एकता र जिल्लाबाट बाहिर रहेर सिकेको आफ्नो सीप र लगानी आफ्नो गाउँघरमा नै लगानी र बाताबरण निर्माण गर्न सकेमा आर्थिक क्रान्ति गाउँबाट नै गर्न सकिने उनको भनाई छ ।
ठुलो संभावना बोकेको नगदेबाली, रुद्राक्ष, अलैंची, अमलिसो, चिराइतो, सुन्तला, अदुवा, किवि, बुद्धचित्त आदि खेती सानो जलविद्युत आयोजना साथै प्रयटन पुर्बाधार निर्माण प्रचार प्रसार, होटेल, रेस्टुरेन्ट निर्माण गर्न सोज र बिकासको लागी देश बिदेश रहेको दाजुभाइ तथा दिदीबहिनीहरु बीचमा सहकार्य गर्न सकेमा हाम्रो जिल्लाभर सुन फलाउन सकिने कुरा जानकारी अध्यक्ष गराउनु हुन्छ ।
सम्पुर्ण दुबई रहनु भएका भोजपुर जिल्ला बासी आबद्ध हुन आफ्नो जन्म भुमीको लागि आव्हान गर्नु हुन्छ यो कुनै पनि राजनीति बाट अलग रहेर भोजपुरेहरुको साझा सस्था भएको बताउनु हुन्छ साथमा विभिन्न जिल्ला बाहिर भोजपुर बिकास निर्माणको लागि स्थापना भएको संघसंगठनहरु संग हातेमालो गर्दै अगाडि बढनको लागी पनि आव्हान गर्नु भएको छ ।
सुधीर राईबाट
प्रकाशित मिति: २८ श्रावण २०७२, बिहिबार