कति मतान्तरले कैलाली ५ बाट पराजित भईन प्रधानमन्त्री पत्नी आरजु राणा ? हेर्नुहोस


 


धनगढी, मंसिर २४
पर्यटक उमेद्वार तथा प्रधानमन्त्री पत्नी भनेर चिनिएकी कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभातर्फ कांग्रेसबाट उम्मेदवार बनेकी आरजु राणा देउवा प्रतिनिधि सभामा निर्वाचनमा पराजित भएकी छन ।

वामगठबन्धनका उम्मेदवार नारदमुनि रानाले ‘प्रथम महिला’ आरजुलाई झण्डै ५ हजार मतान्तरले पराजित गरेका हुन ।
भर्खर प्राप्त परिणाम अनुसार एमाले उम्मेदवार रानाले २७ हजार २ सय २ मतका साथ विजय हासिल गर्दा कांग्रेसकी देउवाले २२ हजार ३ सय २२ मत प्राप्त गरेकी हुन ।

विजेता राना र देउवाबीचको मतान्तर ४ हजार ८ सय ८० रहेको छ । पर्यटक उमेद्वार भनेपछि कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभातर्फ कांग्रेसबाट उम्मेदवार बनेकी आरजू राणा देउवाले धनगढीमा नयाँ घर खरिद गरेर त्यहाँबाट चुनाव लडेकी थिईन ।

प्रकाशित मिति: २४ मंसिर २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्