झापा-१ मा विश्वप्रकाश मतले हारे तर यसरी मन जिते


 


झापा, मंसिर २४
प्रतिनिधि सभा झापा १ मा माओवादी नेता सुरेन्द्र (राम) कार्की बिजयी भएका छन् ।

बाम गठबन्धन (माओवादी केन्द्र) का उम्मेदवार कार्कीले ३६ हजार १७३ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी कांग्रेसका विश्वप्रकाश शर्माले ३३ हजार ३१० मत प्राप्त गरे ।

मतले शर्मा हारे पनि सबैको मन भने जितेका छन् । उनले सद्भाव एवं सौहार्द देखाउँदै कार्कीलाई पहिलो माला लगाई दिएर बधाई दिएका छन् । यो सौहार्द वातावरणले शर्माले मन जितेको सामाजिक सञ्जालहरुा चर्चा भइरहेको छ ।

प्रकाशित मिति: २४ मंसिर २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्