प्रदेशसभा कास्की ३ (क) र (ख) बाम गठबन्धन नै बिजयी


 


पोखरा, मंसिर २४

प्रदेशसभा कास्की क्षेत्र नं ३ (क)मा नेकपा (माओवादी केन्द्र)का रामजी बराल निर्वाचित हुनुभएको छ ।
उहाँले १५ हजार ८२३ मत र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी शारदा पौडेलले १३ हजार ५७ मत पाउनुभएको छ । क्षेत्र नं ३ (क) मा ४२ हजार १८१ मतदाता रहेकामा २८ हजार ९०४ मतदाताले मतदान गरेका थिए । प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उहाँले आपूm सधैँ यस क्षेत्रको विकासमा क्रियाशील रहने बताउनुभयो ।

यस्तै क्षेत्र नं ३ (ख) मा नेकपा (एमाले)का उम्मेदवार युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजीव पहारी निर्वाचित हुनुभएको छ । उहाँले १६ हजार १६७ मत पाउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सिकन्दर गुरुङले १० हजार ८७६ मत पाउनुभएको थियो । क्षेत्र नं ३ (ख) मा ४६ हजार ५२४ मतदाता रहेकामा ३२ हजार ९८७ मतदाताले मतदान गर्नुभएको थियो ।

प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि उहाँले फेवातालको संरक्षण र विकास निर्माणमा आपूmले विशेष ध्यान दिने बताउनुभयो ।

प्रकाशित मिति: २४ मंसिर २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्