प्रचण्डको क्षेत्र चितवन-३ बाट यस्तो आयो पछिल्लो मतपरिणाम


 


चितवन, मंसिर २४
चितवन क्षेत्र नं ३ मा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको अग्रता कायमै रहेको छ । आज बिहानसम्म २५ हजार ६८३ मत गणना गर्दा दाहालले १४ हजार ५८९ मत प्राप्त गर्नुभएको छ ।

उहाँका प्रतिद्वन्द्वी विक्रम पाण्डेले १० हजार २४० मत प्राप्त गर्नुभएको छ । सो क्षेत्रमा एक लाख २५ हजार ८१८ मतदाता रहेकामा ९३ हजार ८२६ मत खसेको छ ।

यसैगरी क्षेत्र नं २ मा नेकपा (एमाले)का कृष्णभक्त पोखरेलले १४ हजार ४४७ मत र नेपाली काँग्रेसका शेषनाथ अधिकारीले आठ हजार ९९२ मत प्राप्त गर्नुभएको छ । क्षेत्र नं २ मा १ लाख आठ हजार २१९ मतदाता रहेकामा ७७ हजार ४७६ मत खसेको छ ।

क्षेत्र नं १ मा नेकपा एमालेका सुरेन्द्र पाण्डेले ११ हजार १९५ र नेपाली काँग्रेसका राजेन्द्र बुर्लाकोटीले सात हजार ८८८ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा एक लाख २५ हजार ८२३ मतदाता रहेकामा ९३ हजार ८२६ मत खसेको थियो ।

प्रकाशित मिति: २४ मंसिर २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्