काठमाडौं-५ बाट एमाले महासचिव ईश्वर पोखरेल विजयी


 


काठमाडौं, मंसिर २४
प्रतिनिधि सभा काठमाडौं क्षेत्र नं ५ बाट एमाले महासचिव ईश्वर प ोखरेल विजयी भएका छन् । पोखरेलले २२ हजार ९२९ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाशशरण महतले १३ हजार १६९ मत ल्याए । पोखरलेलले ९ हजार ७८५ मतान्तरले जित आफ्नो पक्षमा पार्न सफल भएका हुन् ।

यो क्षेत्रमा लगातार तेस्रो प्रयासपछि पोखरेलले जित हासिल गर्न सफल भएका हुन् । यसअघि २०७० र ०६४ मा पोखरेल यहाँ पराजित भएका थिए ।

प्रकाशित मिति: २४ मंसिर २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्