बर्दिया-१ मा वामदेव गौतम ‘डेन्जर जोनमा’, यस्तो छ पछिल्लो परिणाम


 


काठमाडौं, मंसिर २४
देशभर वाम गठबन्धनको जित र अग्रता कायम भइरहदा एमालेका बरिष्ठ नेता वामदेव गौतम भने पछि परेका छन् ।

शुरुमा छिनो अग्रता लिदै आएका एमाले उपध्यक्ष समेत रहेका गौतम यतिबेला फराकिलो मतान्तरले पछाडि परेका छन् ।

बर्दिया क्षेत्र नं १ बाट उम्मेदवार रहेका गौतमले ३२ हजार ८१० मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका संजयकुमार गौतमले ३५ हजार ६६९ मत प्राप्त गर्दे अग्रता कायम गरेका छन् ।

यो मतको अन्तर भनेको २ हजार ८५९ हो । यहाँ करिब ७२ हजार मतगणना भएको छ । कांग्रेस उम्मेदवार गौतम वर्तमान सिँचाइ मन्त्री समेत हुन् ।

प्रकाशित मिति: २४ मंसिर २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्