ओलीको गृह जिल्ला झापाबाट वाम गठबन्धनको विजयी शुरुवात


 


भद्रपुर, मंसिर २४
प्रतिनिधिसभा र प्रदेशसभाको सम्पन्न निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं ४ मा वाम गठबन्धनका सबै उम्मेदवार विजयी भएको निर्वाचन अधिकृतको कार्यालय भद्रपुरले जनाएको छ ।

प्राप्त जानकारीअनुसार प्रतिनिधिसभातर्फ वाम गठबन्धनबाट नेकपा (एमाले) का उम्मेदवार लालप्रसाद साँवा लिम्बू (एलपी साँवा) ४३ हजार ४१५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देउकुमार थेवेले २६ हजार ८२२ मत प्राप्त गर्नुभयो ।

यसैगरी, प्रदेशसभामा सोही निर्वाचन क्षेत्रको (क) मा नेकपा (माओवादी केन्द्र) का झलकबहादुर मगरले १७ हजार २५६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने (ख) मा नेकपा (एमाले) का हीराकुमार थापाले २४ हजार ९०१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँहरुका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका (क) मा किरण भट्टराईले १४ हजार ४८१ र (ख) मा नेपाली काँग्रेसकै उत्तमकुमार शर्मा सुवेदीले १४ हजार ९६५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २४ मंसिर २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्