पर्वतमा एमाले नेता गिरी सहित सबै बाम उमेद्वारको बिजयी


 


पर्वत मंसिर २४

पर्वतमा एमाले युवा नेता पदम गिरी भारी मतले विजयी भएका छन् । एमालेका पदम गिरिले प्रतिनिधिसभामा प्रतिद्धन्द्धी कांग्रेस अर्जुन जोशीलाई १२ हजार २४ को अन्तरले पराजित बिजयी भएका हुन । गिरीले ३८ हजार १७२ मत प्राप्त गर्न सफल भएका छन । कांग्रेसका अर्जुन जोशीले २६ हजार १४४ मत प्राप्त गरेका छन ।

त्यस्तै प्रदेश (क) मा माओवादी केन्द्रका नेत्र अधिकारी १८ हजार ५३५ मतका साथ विजयी भएका छन । प्रतिस्पर्धी कांग्रेसका नवराज गुरुङले १५ हजार ३६५ मत ल्याएका छन । प्रदेश (ख) मा एमालेका विकास लम्साल १५ हजार ११९ मत ल्याएर बिजयी भए भने उनका प्रतिस्पर्धी कांग्रेसका राजेन्द्र तिवारीले १३ हजार १२९ मत प्राप्त गरेका छन । यो नतिजा संगै जिल्ला सबै बामको कब्जामा हुन सफल भएको छ ।

प्रकाशित मिति: २४ मंसिर २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्