मकवानपुर-१ मा कमल थापा पनि भए बाइबाइ


 


हेटौँडा, मंसिर २४
मकवानपुर जिल्लाको क्षेत्र नं १ को प्रतिनिधिसभाका लागि भएको निर्वचनमा नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद दाहालले ४० हजार ६३१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका कमल थापाले ३४ हजार ६५८ मत प्राप्त गर्नुभएको थियो ।

यसैगरी मकवानपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का विरोध खतिवडा ४६ हजार ४८१ मत प्राप्त गरी विजयी हुनु भएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महालक्ष्मी डिना उपाध्यायले ३४ हजार ०९० मत प्राप्त गर्नु भएको थियो ।

प्रकाशित मिति: २४ मंसिर २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्