विमलेन्द्र निधिलाई हराइदिए राजेन्द्र महतोले


 


काठमाडौं, मंसिर २३
धनुषा ३ मा उम्मेदवार रहेका कांग्रेस नेता विमलेन्द्र निधिलाई राजपाका नेता राजेन्द्र महतोले पराजित गरेका छन् ।

धनुषा कांग्रेस उम्मेदवार विमलेन्द्र निधिको गृह जिल्ला हो । यहाँ राजपा नेपालका उम्मेदवार राजेन्द्र महतो विजयी भएका छन् ।

महतोले २८५२७ मत ल्याए भने निधिले २५८८९ मत ल्याएका थिए । महतो २६३८ मतान्तरले विजयी भएका हुन् ।

प्रकाशित मिति: २३ मंसिर २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्