देउवाले अन्याय गरेका नवराजलाई जनताले यसरी न्याय गरे !


 


काठमाडौं, मंसिर २३
नेपाल प्रहरीका पूर्व डीआईजी नवराज सिलवाल ललितपुर १ बाट निर्वाचित भएका छन् । उनी २६ हजार ९ सय ४६ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी अर्थराज्यमन्त्री समेत रहेको कांग्रेस उम्मेदवार उदय शमशेर राणाले २० हजार सात सय २९ मत प्राप्त गरे । सिलवालले राणालाई ६ हजार २ सय १७ मतले पछि पार्दै विजयी भएका हुन् ।

पूर्व डीआईजी सिलवाल प्रहरी बढुवामा असन्तुष्ट भएको केही महिनामै प्रतिनिधि सभाको सांसद बन्ने मौका पाएका छन् ।

नेपाल प्रहरीको महानिरीक्षक पदमा बढुवा सिफारिसमा उनि माथि तत्कालिन प्रचण्ड सरकार र देउवा सरकारले अन्यायन गरेका आरोप छ ।

शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा मर्यादाक्रममा पहिलो नम्बरमा रहे पनि आफूलाई आईजीपी नबनाएको भन्दै सर्वोच्च पुगेका सिलवाल आफूले न्याय नपाएको भन्दै एमालेको राजनीतिमा प्रवेश गरेका थिए।

प्रकाशित मिति: २३ मंसिर २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्