प्रतिनिधि सभा भोजपुरमा १२ हजार बढी मतान्तरले सुदन किराँती विजयी


 


भोजपुर, मंसिर २३
एक मात्र प्रतिनिधि सभाको क्षेत्र रहेको भोजपुरमा वाम गठबन्धनका माओावादी उम्मेदवार सुदन किराँती विजयी भएका छन् ।

शुक्रबारबाट शुरु भएको मतगणनाको आज अन्तिम परिणाममा किराँतीले ३४ हजार ३९४ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी कांंग्रेसका उमेशजंग रायमाझीले २१ हजार ६९६ मत प्राप्त गरे ।

किराँतीले १२ हजार ६९६ मतान्तरले जित निकालेका हुन् । सुदन किराँतीको यो दोस्रो जित हो । यसअघि उनले २०६४ सालमा भएको पहिलो संविधान सभाको निर्वाचनमा भोजपुर क्षेत्र नं २ बाट विजयी भएका थिए ।

२०७० सालमा भएको दोस्रो संविधान सभाको निर्वाचनमा पराजित किराँतीले संविधान निर्माणपछिको यो निर्वाचनमा जित हात पार्न सफल भएका छन् ।

यहाँ ६५ हजार ८९९ मत खसेको थियो भने आठ वटा दलका उम्मेदवारले चुनावमा भाग लिएका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार ५ हजार ४७५ मत बदर भएको छ ।

प्रकाशित मिति: २३ मंसिर २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्