कास्की-२ मा एमालेका रवीन्द्र अधिकारीको ह्याट्रिक


 


पोखरा, २३ मंसिर
कास्की क्षेत्र नं २ मा वाम गठबन्धनबाट नेकपा (एमाले) का रवीन्द्र अधिकारी २७ हजार २०७ मतसहित विजयी बन्नुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवराज चालिसेले १८ हजार ६६१ मत प्राप्त गर्नुभयो । जम्मा ७० हजार ६५१ मतदाता रहेको यो क्षेत्रमा ५० हजार १ मत खसेको थियो । नेता अधिकारीको यो विजय तेस्रोपटक हो ।

उहाँले २०६४ मा माओवादी नेता झलकपाणि तिवारीलाई पराजित गर्नुभएको थियो भने दोस्रोपटक २०७० मा काँग्रेस नेता शोभियतबहादुर अधिकारीलाई पराजित गर्नुभएको थियो ।

विजयी भएसँगै नेता अधिकारीले आफूलाई मत दिने सबै मतदाताप्रति आभार प्रकट गर्दै अबको पाँच वर्ष समृद्धि र विकासलाई प्राथमिकतामा राखी काम गर्ने उल्लेख गर्नुभयो ।

प्रकाशित मिति: २३ मंसिर २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्