रवीन्द्र मिश्र भन्छन-‘पराजित भए तर उत्साहित छु’


 


काठमाडौँ, मंसिर २३
विवेकशील साझा पार्टीका संयोजक एवं काठमाडौँ क्षेत्र नं १ का उम्मेदवार रवीन्द्र मिश्रले आफूले सम्मानजनक मत पाएको भन्दै समानुपातिकतर्फ पार्टीले सोचेभन्दा बढी मत ल्याउने अपेक्षा व्यक्त गर्नुभएको छ ।

सो क्षेत्रमा ८१९ मत अन्तरमा विजयी नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहलाई बधाई र आफूलाई मत दिने मतदातालाई धन्यवाद दिँदै उहाँले आज जारी गर्नुभएको विज्ञप्तिमा आफ्नो पार्टी निर्माण प्रक्रियाको चार महिनामै प्राप्त उक्त मतले उत्साह पैदा गरेको जनाउनुभएको छ ।

आफूहरुले राष्ट्रिय दलको मान्यता नपाउने भए पनि हाल देशभरि अभिव्यक्त सद्भावलाई संगठनमा बदलेर अर्को चुनावपश्चात् देशको नेतृत्व गर्न तयार पार्नु पार्टीको चुनौती भएको उहाँले उल्लेख गर्नुभएको छ ।

प्रकाशित मिति: २३ मंसिर २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्