चितवन ३ मा प्रचण्ड अघिअघि विक्रम पछिपछि


 


चितवन, मंसिर २३
चितवन क्षेत्र नं ३ मा नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालको अग्रता कायमै रहेको छ । आज साँझ ५ बजेसम्म १० हजार ३९४ मत गणना गर्दा दाहालले छ हजार १२५ मत प्राप्त गर्नु भएको छ ।

उहाँको प्रतिद्वन्द्वी राप्रपाका विक्रम पाण्डेले तीन हजार ५४० मत प्राप्त गर्नु भएको छ । पाण्डेले भन्दा दाहालले दुई हजार ५८५ मत बढी ल्याउनु भएको छ । सो क्षेत्रमा एक लाख २५ हजार ८१८ मतदाता रहेकोमा ९३ हजार ८२६ मत खसेको छ ।

यसैगरी क्षेत्र नं २ मा १० हजार ३७ मत गणना गर्दा नेकपा एमाले का कृष्णभक्त पोखरेलले छ हजार ४४७ मत र नेपाली काँग्रेसका शेषनाथ अधिकारीले तीन हजार २११ मत प्राप्त गर्नुभएको छ । क्षेत्र नं २ मा एक लाख आठ हजार २१९ मतदाता रहेकामा ७७ हजार ४७६ मत खसेको छ ।

क्षेत्र नं १ मा १४ हजार ५२७ मत गणना हुँदा एमालेका सुरेन्द्र पाण्डेले आठ हजार २३९ र नेपाली काँग्रेसका राजेन्द्र बुर्लाकोटीले पाँच हजार ७४५ मत प्राप्त गर्नु भएको छ । यस क्षेत्रमा एक लाख २५ हजार ८२३ मतदाता रहेकामा ९३ हजार ८२६ मत खसेको थियो ।

प्रकाशित मिति: २३ मंसिर २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्