भोजपुरमा सुदन किराँती १० हजार बढी मतान्तरले अगाडि


 


भोजपुर, मंसिर २३
प्रतिनिधि सभाका लागि भोजपुरमा वाम गठबन्धनका माओवादी उम्मेदवार सुदन किराँती १० हजार बढी मतान्तरले अगाडि बढेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार किराँतीले २५८९२ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका उमेशजंग रायमाझीले १५२२८ मत ल्याएका छन् । यो मतको अन्तर १०६६४ हो ।

अहिलेसम्म ४८ हजार ३१० मत गणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधि सभाका लागि भोजपुरमा ६५९५८ मत खसेको थियो ।

प्रकाशित मिति: २३ मंसिर २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्