नारायणकाजीले दिए बाबुरामलाई बधाई, कति मत ल्याए बाबुरामले ?


 


गोरखा, मंसिर २३
प्रतिनिधि सभा गोरखा क्षेत्र नं २ मा वाम गठबन्धनका माओवादी उम्मेदवार नारायणकाजी श्रेष्ठले आफ्ना प्रतिस्पर्धी डा. बाबुराम भट्टराईलाई बधाई दिएका छन् ।

अन्तिम मत परिणाम आउनु अघि नै उनले ट्विटर मार्फत बधाई दिएका ह्न । यहाँ नयाँ शक्ति नेपाल पार्टीका संयोजक भट्टराईको विजय सुनिश्चित भएको छ ।

अहिलेसम्म भट्टराईले २७२२३ मत ल्याएका छन् भने श्रेष्ठले २२३२३ मत ल्याएका छन् । करिब पाँच हजार मतले पछाडि परेपछि श्रेष्ठले हार स्विकार गरेका हुन् । अब थोरै मत गन्न बाँकी छ ।

उनले ट्विट गरेका छन्

गोर्खा २ का आदरणीय मतदाता को निर्णय लाई शिरोधार्य गर्दै बिजयका निम्ति डा.बाबुराम भट्टराई लाई हार्दिक बधाई । निर्बाचनमा मलाई समर्थन र सहयोग गर्नुहुने मतदाता,बाम(गठबन्धनका नेता(कार्यकर्ताहरु,आफन्तजन,शुभेच्छुकहरु सबै लाई आभार तथा धन्यवाद।

प्रकाशित मिति: २३ मंसिर २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्