प्रदेश सभा भोजपुर (क) मा राजेन्द्र राई विजयी


 


भोजपुर, मंसिर २३
प्रदेश सभा भोजपुर (क) मा वाम गठबन्धनका एमाले उम्मेदवार राजेन्द्र कुमार राई विजयी भएका छन् ।

राईले १९ हजार २९७ मत ल्याउँदै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी संघीय समाजवादी फोरमका उम्मेदवार अजम्बर राई काङमाङले ११ हजार ५४१ मत ल्याए ।

राजेन्द्रले अजम्बरलाई ७७५६ मतान्तरलो पराजित गरेका हुन् । राजेन्द्रले सुरुदेखि नै आफ्नो अग्रता कायम गरेका थिए ।

भोजपुरमा प्रदेश सभा दुबै निर्वाचन क्षेत्रमा एमालेले आफ्नो बर्चस्व कायम गरेको छ ।

प्रकाशित मिति: २३ मंसिर २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्