मोरङबाट जोगियो काग्रेसको बिउ, भारी मतान्तरले रिजाल बिजयी


 


मोरङ,मंसिर २३
मोरङ क्षेत्र नम्बर २ बाट काग्रेसका नेता मिनेन्द्र रिजालले जित हात पार्न सफल भएका छन । वाम गठबन्धनका उम्मेदवार ऋषिकेश पोखरेललाई १८ सय मतान्तरले हराउँदै मोरङ २ बाट कांग्रेसका मीनेन्द्र रिजाल रिजाल विजयी भएका हुन ।

कांग्रेस नेता रिजालले ३५ हजार ८१९ मत प्राप्त गरेका छन् भने एमालेका ऋषिकेश पोखरेलले ३४ हजार १४ मत प्राप्त गरेका छन ।
६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा रिजाल एक्ला विजयी भएका हुन ।

कोइरालाको विरासतका रुपमा चिनिने मोरङमा कोइराला परिवारका उम्मेदवार डा. शेखर कोइरालासमेत एमाले उम्मेदवार लालबाबु पण्डितसँग पराजित गरिसकेका छन ।

प्रकाशित मिति: २३ मंसिर २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्