प्रचण्डदेखि हितमान शाक्यसम्म हराउने काठमाडौँ १० बाट निर्वाचित राजेन्द्र केसी को हुन् ?


 


काठमाडौँ, मंसिर २३
काठमाडौँ क्षेत्र नं १० बाट नेपाली काँग्रेसका नेता राजेन्द्रकुमार केसी २४ हजार १९० मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँको निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) हितमान शाक्यले २१ हजार ९०७ मत प्राप्त गर्नुभएको छ ।

नेता केसी विस २०७० को संविधानसभा सदस्य निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । उहाँ युवा खेलकुदमन्त्रीसमेत हुनुहुन्छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गतसो क्षेत्रबाट ५५ हजार ११० मत खसेकामा ५३ हजार ३४१ मत सदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

के.सी.को जन्म २०१५ सालको असार २८ गते काठमाडौंको कीर्तिपुर नगरपालिकामा भएको हो । पदमबहादुर र टोलकुमारी केसीका छोरा राजनले अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।

२०४६ सालको जनआन्दोलनपछि राजनीतिमा सक्रिय हुनु भएका केसी २०४९ सालमा चोभार गाविसको अध्यक्षमा विजयी बन्नुभयो ।

२०५४ सालमै उहाँ जिल्ला विकास समिति काठमाडौंको सदस्य बन्नुभयो । २०५४ सालकै स्थानीय चुनावमा नगर समितिको सभाषदमा विजयी हुनुभयो ।

२०५१ र २०५६ सालमा पार्टीको क्षेत्रीय सभापति भएका केसी ४ पटक महासमिति सदस्य भैसक्नु भएको छ ।

प्रकाशित मिति: २३ मंसिर २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्