किन रोकियो काठमाण्डौ ५ को मतगणना ? हेर्नुहोस यस्तो छ कारण


 


काठमाडौं,मंसिर २३
मतगणनाका क्रममा विवाद भएपछि नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर ५ को मतगणना वहिष्कार गरेको छ । वाम गठबन्धनबाट नेकपा एमालेका महासचिव ईश्वर पोखरेल र लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका डा. प्रकाशशरण महतबीच प्रतिस्पर्धा रहेको यस क्षेत्रमा मतगणना अहिले रोकिएको हो ।

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले आफूहरुले मतपत्र हेर्न पाउनुपर्ने माग लाई वेवास्ता गरेकोले बहिस्कार गरिएको बताएका छन । उनले अब निर्वाचन आयोगमा उजुरी दिने समेत बताएका छन । काठमाडौं क्षेत्र नम्बर ५ मा मतदान अधिकृतका लागि तय गरेको हस्ताक्षर नमिलेको मतपत्र भेटिएपछि विवाद सुरु भएको थियो ।

सुरुमा ४ प्रकारको हस्ताक्षर भएको भनिएपनि मतगणनाका क्रममा ५ प्रकारको हस्ताक्षर भेटिएपछि विवाद भएको थियो ।

प्रकाशित मिति: २३ मंसिर २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्