डा.शशांक कोइरालाको निर्वाचन क्षेत्रमा को अगाडी छ ? हेर्नुहोस ताजा मतपरिणाम


 


नवलपरासी,  मंसिर  २३

प्रतिनिधिसभा सदस्यको नवलपरासी (बर्दघाट सुस्ता ) पूर्व १ मा नेपाली काँग्रेसका उम्मेदवार डा शशांक कोइराला ६ हजार ७५८ मतका साथ अग्रस्थानमा हुनुहुन्छ ।

यहाँ वाम गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का भविश्वर पराजुलीले तीन हजार ७७३ मत प्राप्त गर्नुभएको छ । नवलपरासी ( बर्दघाट सुस्ता ) पूर्व २ मा नेपाली काँग्रेसका उम्मेदवार विष्णु कार्कीले तीन हजार ९९४ मत प्राप्त गरी अग्रस्थानमा हुनुहुन्छ ।

यहाँ वाम गठबन्धनका उम्मेदवार नेकपा (एमाले)का तिलक महतले तीन हजार ५०३ मत प्राप्त गर्नुभएको छ । नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम १ मा वाम गठबन्धनका उम्मेदवार हृदयेश त्रिपाठी आठ हजार १२८ मतका साथ अग्रस्थानमा हुनुहुन्छ ।

यहाँ नेपाली काँग्रेसका देवकरण कलवारले सात हजार ३४२ मत प्राप्त गर्नुभएको छ । यसैगरी नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम २ मा नेपाली काँग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेलले पाँच हजार २१६ मतका साथ अग्रस्थानमा हुनुहुन्छ ।

यहाँ वाम गठबन्धनका उम्मेदवार धनश्याम यादवले तीन हजार ५४८ मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति: २३ मंसिर २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्