सुनसरी–४ मा अर्थमन्त्री कार्कीको अग्रता कायमै


 


सुनसरी, मंसिर २३
प्रतिनिधि सभा सुनसरी ४ मा उम्मेदवार रहेका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो अग्रता कायमै राखेका छन् ।

कांग्रेस उम्मेदवार कार्कीले ८६५५ मत ल्याएका छन् भने एमाले उम्मेदवार रमेश श्रेष्ठले ६४९७ मत ल्याएका छन् ।

यहाँ कार्की २१५८ मतको अन्तरले अगाडि छन् । सुनसरीमा ४ र २ मा कांग्रेस अगाडि छ भने १ र ३ मा एमाले अगाडि देखिएको छ ।

प्रकाशित मिति: २३ मंसिर २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्