दाङ प्रदेशसभा २ (क) मा शंकर पोखरेल विजयी


 


दाङ, मंसिर २३
प्रदेशसभातर्फ दाङ क्षेत्र नं २ (क) मा वाम गठबन्धनतर्फका शंकर पोखरेल २० हजार ६९४ मत ल्याई विजयी हुनुभएको छ ।

एमाले स्थायी कमिटीका सदस्य पोखरेलका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कमलकिशोर घिमिरेले ११ हजार १६९ मत ल्याउनुभएको छ ।

निर्वाचन कार्यालयले अब केहीबेरमा औपचारिक घोषणा गर्ने तयारी गरेको छ । कुल मतदाता ५१ हजार ७०० रहेकामा प्रदेशसभा २ (क) मा ३५ हजार ५४२ मत खसेको थियो ।

प्रकाशित मिति: २३ मंसिर २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्