काठमाडौँ–४ मा गगन थापा विजयी


 


काठमाडौँ, मंसिर २३
काठमाडौँ क्षेत्र नं ४ मा नेपाली काँग्रेसका नेता गगनकुमार थापा विजयी हुनुभएको छ ।

आज बिहान घोषणा गरिएको मतपरिणामअनुसार पूर्वसांसद थापा नेकपा (एमाले) का पूर्वसांसद डा राजन भट्टराईलाई तीन हजार ४१८ मत अन्तरले पछाडि पार्दै विजयी हुनुभएको हो ।

काठमाडौँ क्षेत्र नं ४ का सहायक निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेका अनुसार थापाले २१ हजार ५५८, डा भट्टराईले १८ हजार १४० र विवेकशील साझा पार्टीकी सुबुना बस्नेतले तीन हजार ४० मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति: २३ मंसिर २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्