भोजपुर (ख) मा शेरधन राई १३ हजार मतान्तरले विजयी


 


भोजपुर, मंसिर २३
भोजपुर प्रदेश (ख) मा नेकपा एमालेका उम्मेद्वार शेरधन राई विजयी भएका छन् । शेरधन राईको यो जित भोजपुरमा तेस्रो पटक हो ।

राईले २० हजार ३ सय ३४ मत प्राप्त गरे ।उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेद्वार गोविन्दबहादुर कार्कीले ७ हजार १ सय ५ मत प्राप्त गरेका छन् । यो मतान्तर १३ हजार २ सय २९ हो ।

राईले यसअघि २०५६ सालको संसदिय निर्वाचन र २०७० सालको संविधान सभाको निर्वाचन जितेका थिए ।

एमाले पोलिटब्यूरो सदस्य समेत रहेका राई प्रदेश नं को मुख्यमन्त्रीका मन्नका लागि प्रदेश सभामा उठेका हुन् । यहाँ ३० हजार ९७९ मत खसेको थियो भने छ वटा दलका उम्मेदवार थिए ।

प्रकाशित मिति: २३ मंसिर २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्