गोरखा-२ बाट आयो यस्तो परिणाम, बाबुराम र नारायणकाजीको मतान्तर कति ?


 


काठमाडौं, मंसिर २२
सबैको ध्यान तान्न सफल भएको गोरखा २ बाट पछिल्लो मत परिणाम प्राप्त भएको छ ।

यहाँ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईबीच प्रतिस्पर्धा छ ।

पछिल्लो मतपरिणाम अनुसार भट्टराईले १५६२१ मत ल्याएका छन् भने श्रेष्ठले १३१५५ मत प्राप्त गरेका छन् ।

अहिलेसम्म यहाँ ३०५४० मत गणना भइसकेको छ । शुरुमा श्रेष्ठले अग्रता लिएपनि यतिबेला भट्टराईले फराकिलो अग्रता लिन थालेका छन् ।

यसरी नै अग्रता बढाउँदै लगे भने बाबुरामले चुनाव जित्न सक्नेछन् ।

प्रकाशित मिति: २२ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्