प्रधानमन्त्री देउवालाई झट्का, यस्तो छ उनको पछिल्लो मतपरिणाम ?


 


काठमाडौं, मंसिर २२
देशभर वाम गठबन्धनले मतपरिणाममा अग्रता लिइरहदा प्रधानमन्त्री समेत रहेको कांग्रेस सभापति शेरबहादर देउवालाई आफ्नै गृहजिल्लामा झट्का लागेको छ ।

प्राप्त प्रारम्भिक मत परिणाममा देउवा पाँच सय मतले आफ्ना प्रतिस्पर्धीसँग पछाडि परेका छन् ।

डडेलधुराबाट चुनावी मैदानमा उत्रिएका देउवाले ३८७ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी माओवादीका खगराज भट्टले ८५३ मत प्राप्त गरेका छन् ।

अहिलेसम्म कहिल्यै चुनावमा पराजय नभोगेका देउवाका लागि यो पहिलो झट्का हुन सक्ने कतिपय विश्लेषकहरुको भनाइ छ । यद्यपी मतगणना गर्न भने धेरै बाँकी छ ।

प्रकाशित मिति: २२ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्