झापा-५ मा केपी ओलीलाई दोब्बर मतको अग्रता


 


काठमाडौं, मंसिर २२
झापा ५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेको एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दोब्बर मतको अन्तर मिलेको छ ।

पछिल्लो मत परिणाम अनुसार ओलीले ५०११ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार खगेन्द्र अधिकारीले २६४८ मत प्राप्त गरेका छन् ।

यहाँ ओलीलाई सहज जित रहेको बताईन्छ । अब बन्ने वाम गठबन्धनको सरकारको नेतृत्व गर्न लागेका ओलीको यो क्षेत्र पनि निर्क चर्चामा छ ।

प्रकाशित मिति: २२ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्