पश्चिम रुकुमबाट जनार्दन शर्मा भारी मतले विजयी


 


काठमाडौं, मंसिर २२
रुकुम पश्चिममा प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका नेता जनार्दन शर्मा विजयी भएका छन् ।

शर्मा भारी मत ल्याएर विजयी भएका हुन् । उनले ३४ हजार ४०२ मत ल्याए भने उनका प्रतिस्पर्धी कांग्रेसका गोपालजिजंग शाहले १५ हजार ६५९ मत ल्याए।

यस्तै रुकुमको प्रदेश (ख) मा पनि माओवादी केन्द्रकै गोपाल शर्मा विजयी भएका छन् ।

शर्माले १८ हजार ६६० मत ल्याए भने उनका प्रतिस्पर्धी कांग्रेसका खड्ग डांगीले ८ हजार १२७ मत ल्याएका छन् ।

प्रदेश (क) बाट पनि माओवादीका रातो कामी विजयी भए । योसंगै पूर्वी र पश्चिम दुवै रूकुममा माओवादीका ६ जना उम्मेदवार नै विजयी भए ।

प्रकाशित मिति: २२ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्