मोरङको छ वटै क्षेत्रमा वाम गठबन्धन अगाडि, यस्तो छ पछिल्लो मतपरिणाम


 


विराटनगर, मंसिर २२
मोरङको छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका छन् ।

क्षेत्र नं १ मा नेकपा (एमाले) का घनश्याम खतिवडाले १७३१६ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ नेपाली काँग्रेसका डिगबहादुर लिम्बूले १४७९५ मत प्राप्त गर्नु भएको छ ।

क्षेत्र नं २ मा एमालेका ऋषिकेश पोखरेलले सात हजार १४६ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ भने काँग्रेसका डा मीनेन्द्र रिजालले छ हजार ७०७ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नं ३ मा एमालेकै भानुभक्त ढकालले सात हजार १४६ मत प्राप्त गर्दा काँग्रेसका सुनील शर्माले छ हजार ७०७ मत प्राप्त गर्नु भएको छ ।

क्षेत्र नं ४ मा नेकपा (माओवादी केन्द्र) का अमनलाल मोदीले सात हजार २४ मत लिई अग्रता कामय गर्नु भएको छ भने काँग्रेसका महेश आचार्यले पाँच हजार ०४२ मत प्राप्त गर्नु भएको छ ।

क्षेत्र नं ५ मा माओवादी केन्द्रका शिवकुमार मण्डलले तीन हजार ७८९ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ भने काँग्रेसका अमृतकुमार अर्यालले तीन हजार २१८ मत प्राप्त गर्नु भएको छ ।

क्षेत्र नं ६ मा एमालेका लालबावु पण्डितले १३ हजार ७९ मत प्राप्त गरी अग्रता लिनुभएको छ भने काँग्रेसका डा शेखर कोइरालाले ११ हजार १६ मत प्राप्त गर्नु भएको छ ।

प्रकाशित मिति: २२ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्