पेट्रोलियम पदार्थको मूल्य बढ्यो, डिजेल र मट्टितेलको भाउ कति ?


 


काठमाडौँ, मंसिर २२
नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारको इन्धनको मूल्य बढाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।

उहाँका अनुसार पेट्रोलमा प्रतिलिटर दुई, डिजेल र मट्टितेलमा तीन र तीन, हवाई इन्धनमा पाँच र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ ले वृद्धि गरिएको हो ।

नयाँ मूल्यसूचीअनुसार काठमाडौँ उपत्यकाको हकमा प्रतिलिटर पेट्रोलको १००, डिजेल र मट्टितेलको रु ७७ समान तथा हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु ८७ समायोजन गरिएको छ भने हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिहजार लिटर ८५० अमेरिकी डलर कायम गरिएको प्रवक्ता गोइतले बताउनुभयो ।

खाना पकाउने एलपी ग्यासको भने एक हजार ३५० मूल्य कायम गरिएको छ । यता पोखरा र दाङका लागि भने प्रतिलिटर पेट्रोलको मूल्य ९९ रुपैयाँ ५० पैसा र डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य ७६ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

प्रकाशित मिति: २२ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्