भोजपुरमा वाम गठबन्धनका उम्मेदवार भारी मतले अगाडि


 


भोजपुर, मंसिर २१
भोजपुरमा वाम गठबन्धनका उम्मेदवार भारी मतले अगाडि देखिएका छन् । प्रतिनिधि सभा र प्रदेश सभा दुबैमा वाम गठबन्धनका उम्मेदवारले भारी मतले अग्रता लिइरहेका छन् ।

प्रतिनिधि सभामा वाम गठबन्धनका माओवादी उम्मेदवार सुदन किराँतीले ११९०१ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका उमेशजंग रायमाझीले ७०८२ मत ल्याएका छन् । प्रतिनिधि सभामा राईले ४८१९ मतले रायमाझीलाई पछाडि छाडेका छन् ।

त्यस्तै प्रदेश सभा (क) मा एमाले उम्मेदवार राजेन्द्र कुमार राईले ७५५४ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी संघीय समाजवादी फोरमका उम्मेदवारअजम्वर राई काङमाङले ३९४० मत प्राप्त गरेका छन् । यो मतको अन्तर ३६१४ हो ।

त्यस्तै प्रदेश सभा (ख) मा एमाले उम्मेदवार शेरधन राईले १३७५० मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका गोविन्दबहादुर कार्कीले ४८७१ मत ल्याएका छन् । शेरधन ८८७१ मतान्तरले अगाडि छन् ।

प्रकाशित मिति: २२ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्